१४ वर्षपछि नेपालमा भेटियो पोलियो भाइरस

मिनु गोले

काठमाडौं
Break n Links
Break n Links

नेपालमा १४ वर्षपछि पोलियो भाइरस भेटिएको छ। पोलियो भाइरस नभेटिएको ३ वर्षपछि वि.स. २०७१ सालमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पोलियो उन्मूलन घोषणा गरेको थियो।

पोलियो उन्मूलन भएको नै १० वर्ष भएको छ। तर यस वर्ष काठमाडौँका खोलाहरूमा गरिएको परीक्षणमा डिप्राइभ्ड पोलियो भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्यामन्त्रलाय स्वास्थ्य विभाग परिवार कल्याण महाशखाकाक डा. अभियान गौतमले बताए।

यो नयाँ भाइरस भने होइन। यस पटक पहिले देखिने भाइरस नयाँ रुपमा देखिएको र त्यो संक्रमणको जोखिम हुने गौतमले बताए।

‘बच्चाहरूले पोलियो खाएपछि हरेक वर्ष हामीले खोलाहरूमा पोलियो भाइरसको परीक्षण गर्छौं। यस पटक पनि त्यही गरिएको हो। बच्चाहरूमा देखिने त्यही भाइरस यस पटक नयाँ रुपमा देखिएको छ। यो संक्रमण हुने जोखिम हुन्छ’, उनले भने।

सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०१७ देखि वातावरणीय निगरानी गरिरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपत्यकाका विभिन्न ५ ठाउँको ढलबाट महिनाको २ पटक नमूना लिएर पोलियोको भाइरस भए/नभएको हेर्ने गर्छ।

वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ।

पोलियो कस्तो रोग हो?

पोलियो भाइरसबाट हुने संक्रामक रोग नै पोलियो हो। यस भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिने डा. गौतमले बताए।

पोलियो रोग दूषित खाना र पानीको माध्ययबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। धेरै जस्तो बालबालिकमा देखिने अर्थात पाँच वर्षमुनिका बालबालिका पोलियो भाइरस रोगको जोखिममा बढी हुने गर्छ।

डा.गौतमका अनुसार यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन। ‘यो रोगको सबैभन्दा ठुलो उपचार भनेको खोप हो,’ उनले भने।

बालबालिकालाई खोपको मात्रा

बच्चा जन्मिनेबित्तिकै पहिलो खोपकाे रूपमा बिसिजी लगाइन्छ। दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेब बी हिब खोप दिइन्छ। तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ।

यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ। चौधौँ हप्तामा चौथो खोप दिइन्छ। यसमा पोलियो, एफआइपिभी, डिपिटी र हिब खोप लगाइन्छ।

९ महिनामा पाँचौँ खोप लगाइन्छ। यसमा एफआइपिभी, पिसिभी र रुवेला दादुरा खोप लगाइन्छ। १२ महिनामा छैटौँ पटक खोप दिइन्छ। यस पटक दिइने खोप जापानिज इन्सेफालाइटिस हो।

१५ महिनामा सातौँ खोप दिइन्छ। यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो। यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ।

प्रकाशित मिति: : 2024-07-23 10:36:00

प्रतिकृया दिनुहोस्