काठमाडौँका नदीको जलसतह बढ्दो, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ। वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौंका कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ।

विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ। पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ।

नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित मिति: : 2024-07-22 07:07:00

प्रतिकृया दिनुहोस्