मैत्रीपूर्ण भलिबल खेलमा नेपाल रसियन टोलीसँग पराजित

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१९ र तेस्रो  सेट २५–१५ ले आफ्नो पक्षमा पर्यो। नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो।

यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन्। नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रकाशित मिति: : 2024-07-21 21:53:00

प्रतिकृया दिनुहोस्