महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)

photo–agency
photo–agency

बलिउडकी अभिनेत्री जाह्नवी कपूर आफ्नो अगामी फिल्म ‘उलझ’ को प्रमोशनमा जुटिरहेकी छन्। 

हालै, उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा आफ्नो बोल्ड अवतारमा देखिएकी थिइन्।

तर ‘फूड पोइजन’को कारण उनी अस्पतालमा भर्ना भइन्। अहिले उनी निको भइसकेकी छन्, अहिले उनले आफ्नो पहिलो प्रेमीको बारेमा बताएकी छिन्।

केही दिनअघि मात्रै उनले एक अन्तर्वार्तामा आफ्नो ब्रेकअपबारे चर्चा गरेकी थिइन्, जुन कुरा सुनेर दशर्क नै हैरान भएका छन्। उनले बताएका अनुसार प्रत्येक महिनामा उनी ब्वायफेन्ड ब्रेकअप गर्थिन्।  सायद, उनको कुरामा हरेक केटीहरू पनि सम्बन्धित छन्।

कस्तो थियो पहिलो ब्रेकअप?

जाह्नवी कपूरको अनुसार उनको पहिलो ब्रेकअप त्यतिधेरै दुखद थिएन। किनकी त्यो प्रेमी उनीसँग फर्किएका थिए।

उनले भनेकी थिइन्, ‘मैले जीन्दगीमा एक पटक मात्र मुटु टुटेको अनुभव गरेकी छु, तर त्यही व्यक्ति फर्किएर आएर मेरो मुटु जोडिदिए। र, सबै ठिक भयो।’

प्रत्येक महिना गर्थिन् ‘ब्रेकअप’

जान्हवी कपूरले आफ्नो ब्वायफेन्डसँग हरेक महिना ब्रेकअप र प्याच–अप गर्ने गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘म पेरियड हुँदा मेरो प्रेमीसँग बे्रकअप गथेँ र, केही दिनपछि फेरि सरी भनेर प्याच अफ गथें। मलाई थाहै थिएन, म किन त्यस्तो गर्दै छु भनेर!’

भलै, उनले विगतमा विभिन्न व्यक्तिलाई प्रेमी बनाएतापनि अहिले भने उनी व्यापारी शिखर पहाडियासँग सम्बन्धमा छिन्।

उनी पहिलेपनि पहाडियासँग प्रेममा थिइन् तर पछि उनीहरूको ब्रेकअप भएको थियो। र, फेरि उनीहरू प्रेम सम्बन्धमा गाँसेका थिए।

प्रकाशित मिति: : 2024-07-21 19:00:00

प्रतिकृया दिनुहोस्