दोलखा भीमेश्वरलाई पसिना आएपछि राष्ट्रपतिलाई बुझाइयाे महाप्रसाद

दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन्।

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुखलाई बुझाउने प्रचलन छ।

राष्ट्र प्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ। शनिबार दिउँसो भीमसेनको मूर्तिको बाँया भागमा पसिना आएको बताइएको छ।

प्रकाशित मिति: : 2024-07-21 18:34:00

प्रतिकृया दिनुहोस्