विश्वभरका एयरलाइन्सका सर्भरमा समस्या, उडानहरु रद्द

Photo - BBC
Photo - BBC

विश्वभरीका कतिपय एयरलाइन्सका सर्भरमा समस्या देखिएको छ।

माइक्रोसफ्टको सर्भरमा आएको समस्याका कारण कयौँ एयरलाइन्सका विमानको उडानमा अवरोध आएको छ।

साइबर सुरक्षा क्राउडस्ट्राईकमा आएको समस्याका कारण विश्वभरीको हवाई यातायात र कतिपय बैकिङ्क प्रणालीमा समस्या उत्पन्न भएको हो।

बीबीसीका अनुसार विशेषगरी अस्ट्रेलिया, बेलायत र अमेरिकामा एयरलाइन्समा समस्या देखिएको हो। अस्ट्रेलियामा उडानहरु नै रद्द भएका छन्। बेलायत र बेलायत र अमेरिकाकाे सेवा पनि प्रभावित भएकाे छ।

माइक्रोसफ्टको सर्भर डाउन भएपछि एयरलाइन्ससहित बैंक र दूरसञ्चार सेवाको काम पनि ठप्प भएको छ। साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ।

प्रकाशित मिति: : 2024-07-19 13:32:00

प्रतिकृया दिनुहोस्