आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप सुरु हुँदैछ। आजदेखि जुलाई २८, २०२४सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा एसियाका ८ देशले भाग लिँदै छन्।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एसिया कप खेल्दै छन्।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ। नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ। भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दैछ। यो खेल नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि सुरु हुँदैछ। त्यस्तै आज अर्को खेल समूह ए कै भारत र पाकिस्तानबीच खेल हुँदैछ। यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदैछ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: : 2024-07-19 06:56:00

प्रतिकृया दिनुहोस्