घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले घटेर १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-18 11:04:00

प्रतिकृया दिनुहोस्