नयाँ मन्त्री आउँदै गर्दा गृह मन्त्रालयमा छैन उत्साह

नयाँ सरकार गठनसँगै नयाँ मन्त्रीकाे आगमन हुने भएपछि सिंहदरबारमा उत्साह छाएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताकाे शपथ खाएर नयाँ मन्त्रीहरू पदभार सम्हाल्न आउन लाग्दा सिंहदरबारमा उत्साह छाएकाे हाे।

तर गृह मन्त्रालयमा भने नयाँ मन्त्री आउने कुराले कुनै उत्साह छैन। सरकार परिवर्तनसँगै गृहमा काँग्रेसका रमेश लेखक मन्त्री भएर आउँदैछन्।

तर यसअघिका गृहमन्त्री रवि लामिछाने मन्त्रालयमा आउँदा उत्साह थियाे। समर्थककाे ठुलै भिड थियाे। यसपटक भने त्यस्ताे उत्सव देखिँदैन। गृह मन्त्रालयमा सीमित कर्मचारी मात्रै स्वागतमा छन्।

याे पनि...
प्रकाशित मिति: : 2024-07-15 13:42:00

प्रतिकृया दिनुहोस्