राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई पद तथा गोपनीयताकाे शपथ गराएसँगै पदभार सम्हाल्न सिंहदरबार आउँदैछन्।
साेमबार राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित २१ मन्त्रीलाई शपथ गराएपछि उनीहरू पदभार सम्हाल्न सिंहदरबार आउन लागेका हुन्।
नयाँ मन्त्रीहरूकाे स्वागतका लागि सिंहदरबारमा भीड लागेकाे छ। सिंहदरबारका कर्मचारीहरू फूल-माला, खादा लिएर तयारी अवस्थामा बसेका छन्।
यता, नयाँ मन्त्रीहरू आउँदै गर्दा कृषि मन्त्रालयमा भने कर्मचारीहरू धर्नामा बसिरहेका छन्। उनीहरू अधिकृतहरू हुन्। बढुवाकाे माग गर्दै झण्डै एक महिनादेखि उनीहरूले मन्त्रालयमा धर्ना दिइरहेका छन्।