नागार्जुनका मेयरलाई ८ वर्ष कैद, २८ करोडको सम्पत्ति जफत गर्न आदेश

नागार्जुन नगरपालिकाका निलम्बित भेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय तोकिएको छ। विशेष अदालतले यसअघि नै उनलाई भ्रष्टाचारी ठहर गरिसकेको थियो। सोमबार उनलाई सजाय तोकिएको हो। 

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई ८ बर्ष तीन महिना कैद सजाय सुनाएको हो। अदालतले उनको नाममा रहेको २६ करोड २५ लाख बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने भएको छ। जसमा कैदतर्फ ३ महिना १८ दिन र जरिवानातर्फ २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ।

उनीमाथि करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सम्पत्ति घुसखोरी गरेर कमाएको आरोप थियो। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए। गत पुसमा उनिविरुद्ध मुद्दा परेको थियो। 

त्यो बेला बजार मूल्य सत्चालिस करोड पचहत्तर लाख भएको जग्गाहरु पद्मा कोलोनी प्रा.ली ले जग्गाधनीहरुलाई अक्षरेपी अठार करोड चौरानब्बे लाख अठार हजार चार सय अठ्चालिस रुपैयाँ भूक्तानी दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी अक्षरेपी तेईस करोड बाईस लाख सत्ताईस हजार भुक्तानी गरी उल्लिखित जग्गाहरु बजार मूल्य भन्दा करिव चौबीस करोड बाउन्न लाख त्रीहत्तर हजारभन्दा कम मूल्यमा राजुप्रसाद कँडेल उनको पद्मा कोलोनी प्रालिलाई बेचेको आरोप उनीमाथि थियो। 

अख्तियारले गत वर्षको पुसमा यो मुद्दा विशेष अदालतमा दायर गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित मेयर बस्नेत स्वत: निलम्बनमा थिए। 

अदालतले घुस दिने राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गर्दै ८ बर्ष कैद सजाय गर्ने फैसला गरेको छ। 
 

प्रकाशित मिति: : 2025-06-30 19:01:00

प्रतिकृया दिनुहोस्