शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ।
आज बिहान ८ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो।
अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो। प्रतिस्पर्धालाई ६०–४० गर्ने कि ७५–२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो।