यस्ताे बन्याे ओली नेतृत्वकाे २२ सदस्यीय मन्त्रिपरिषद्

Break n Links
Break n Links

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। 

साेमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्। 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीसहित नवनियुक्त दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शपथ खुवाएका छन्।

कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री सरकारमा सहभागी छन्।

१‍. केपी शर्मा ओली– प्रधानमन्त्री
२. प्रकाशमान सिंह–  उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल– उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ–  सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक–  गृह
६. शरतसिंह भण्डारी– श्रम तथा रोजगार
७. आरजु राणा देउवा– परराष्ट्र
८. नवलकिशोर साह सुडी–  महिला बालबालिका
९. बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी–  युवा तथा खेलकुद
१३. प्रदीप यादव–  खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया–  कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे– पर्यटन
१७. रामनाथ अधिकारी– कृषि
१८. विद्या भट्टराई– शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई– रक्षा
२०. दीपक खड्का– जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता–  संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी–  वन तथा वातावरण

प्रकाशित मिति: : 2024-07-15 12:34:00

प्रतिकृया दिनुहोस्