सुनको मूल्य अहिलेसम्मकै उच्च

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

सोमबार सुनकाे मूल्य तोलामा २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-15 11:03:00

प्रतिकृया दिनुहोस्