बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ।
पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो।
गोली उनको कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन्।
सिक्रेट सर्भिसका अनुसार उनी सामान्य घाइते भएको छन् र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। ट्रम्पका प्रवक्ताले उनी सकुशल रहेको बताएका छन्।
गोली कसले प्रहार गरेको थाहा भएको छैन र अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन।
गोली प्रहारको बारेमा विभिन्न अड्कलबाजीहरू सुरू भएका छन्। केअी अति ट्रम्पवाली रिपब्लिकनहरूले यो घटनाका लागि डेमोक्रेटिक पार्टी जिम्मेवार रहेको आरोप लगाइसकेका छन्। तर, केही ट्रम्प विरोधीहरूले भने यो चुनावी हत्कण्डा भएको बताउँदै सहानुभूतिका लागि ट्रम्पवादीहरूले नै यो द्दटना द्दटाएको हुनसक्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनलाई घटनाका बारेमा जानकारी दिइएको छ। तर, यो समाचार लेखिरहेको बेलासम्म ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
डेमोक्रेटिक र रिपब्लिकन पार्टीका सिनेटर, सांसद र अन्य नेताहरूले घटनाको कडा शव्दमा भत्सर्ना गरेका छन्। उनीहरूले यो किसिमको हिंसा अमेरिकी चरित्र नहुने बताएका छन्। उनीहरूले सबैलाई संयम हुन आग्रह गर्दै ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
रिपब्लिकन पार्टीका राष्ट्पतिका उम्मेदवार ट्रम्पमाथि भएको यो गोली प्रहारले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याएको छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया