नेदरल्याण्डसलाई हराउँदै इङल्याण्ड युरोकपको फाइनलमा

photo: Agency
photo: Agency

इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन्।

यसअघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले सुरुवाती अग्रता लिएको थिए। त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए।

यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ। यसअघि २०२०मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ।

फाइनल खेल आइतबार राति हुनेछ।     

प्रकाशित मिति: : 2024-07-11 06:52:00

प्रतिकृया दिनुहोस्