बाल यौन दुराचार मुद्दामा बम्जनलाई १० वर्ष कैद सजाय

जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार मुद्दामा तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाएको छ।

सोमबार सर्लाही अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको हाे।

यसअघि गत असार १० गते न्यायाधीश भण्डारीकाे इजलासले बम्जनलाई दाेषी ठहर गरेकाे थियो।

याे पनि...
प्रकाशित मिति: : 2024-07-01 19:09:00

प्रतिकृया दिनुहोस्