स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा, इटाली बाहिरियाे

photo: Agency
photo: Agency

स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो। स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक-एक गोल गरेका थिए।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस वर्षको युरोकपबाट बाहिरिएको छ।

अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।

प्रकाशित मिति: : 2024-06-30 06:50:00

प्रतिकृया दिनुहोस्