बिएल संवाददाता
भारत १० वर्षपछि आइसिसी टी- २० विश्वकपकाे फाइनलमा पुगेकाे छ। बिहीबार राति साविक विजेता इङ्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
भारतले दिएकाे १७२ रनकाे लक्ष्य पाएकाे इङ्ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाउँदै अलआउट भयाे।
त्यसक्रममा इङ्ल्याण्डका कप्तान जस बटलरले २३, ह्यारी ब्रुकले २५, जाेफ्रा अरचरले २१, लियाम लिभिङस्टोनले ११ रन बनाएका थिए। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३/३ तथा जसप्रित बमराहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे।
उक्त याेगफल तयार पार्न कप्तान राेहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ रन प्रहार गरेका थिए।
विराट काेहलीकाे ब्याटिङ याे खेलमा पनि चलेन उनी मात्रै ९ रन बनाएर आउट भए।
अब भारतले उपाधिका लागि शनिबार साँझ दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अफगानस्तानलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेकाे थियाे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया