एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी) पार्टीले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएकाे छ।

बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो।

यससँगै एकीकृत समाजवादीमा वरिष्ठसहित ७ जना उपाध्यक्ष हुनेछन्। यसैगरी बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय गरेको छ।

एकीकृत समाजवादीकाे महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।

महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरूको आन्तरिक दौडधुप सुरु भइसकेकाे छ।

याे पनि...
प्रकाशित मिति: : 2024-06-27 17:45:00

प्रतिकृया दिनुहोस्