नेपालसँग भुसाल भिडाउँदै ‘खनाल’

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरूको आन्तरिक दौडधुप सुरु भएको छ। खासगरी अध्यक्षका लागि रस्साकस्सी चलेको हो।

एकीकृत समाजवादीमा हालका अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने तयारीमा छन्। त्यस्तै, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी रहेको चर्चा छ।

यसैबीच खनाल र भुसालबीच मिलेर जाने सहमति भएको बताइएको छ। बुधबार खनाल निवास डल्लुमा भएको छलफलमा त्यस्तो सहमति जुटेको दाबी गरिएको छ। बताइएअनुसार खनालले भुसाललाई अध्यक्षमा सघाउने सम्भावना छ।

अध्यक्षका यी दुई दाबेदार एक ठाउँमा उभिए अध्यक्षमा दोहोरिन लागेका नेपाललाई चुनौती हुनसक्ने आँकलन गरिएको छ। यद्यपि एकीकृत समाजवादीमा खनालको त्यति बलियो प्रभाव भने नरहेको बुझिन्छ।

एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौँमा १०औँ राष्ट्रिय महाधिवेशन गर्दैछ। एमालेबाट विद्रोह गरी पार्टी गठन भएको झन्डै ३ वर्षपछि हुन लागेको महाधिवेशनले पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

प्रकाशित मिति: : 2024-06-27 13:50:00

प्रतिकृया दिनुहोस्