बिएल संवाददाता
दक्षिण अफ्रिका टी- २० विश्वकपकाे फाइनलमा पुगेकाे छ।
बिहीबार बिहान अफगानस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेकाे हाे। अफगानस्तानले दिएकाे ५७ रनकाे लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्याे।
दक्षिण अफ्रिका इतिहास रच्दै पहिलाेपटक टी- २० विश्वकपकाे फाइनलमा पुगेकाे हाे।
दक्षिण अफ्रिकाकाे जितमा रिजा हेन्ड्रिक्सले २९ र कप्तान एइडेन मार्कमले २३ रन प्रहार गरे।
ह्विन्टन डी क्वक ५ रन बनाएर आउट भए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे अफगानस्तान ११.५ ओभरमा ५६ रन बनाएर आउट भएकाे थियाे।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए। भने, अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिका अपराजित रहँदै फाइनलमा पुगेकाे हाे।
आजै साँझ हुने दाेस्राे सेमिफाइनल खेलबाट फाइनल खेल्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ। त्यसका लागि नेपाली समयअनसार साँझ ८ : १५ बजे भारत र इङ्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया