टी- २० विश्वकप: फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अफगानस्तान प्रतिस्पर्धा गर्दै

फाइल तस्बिर
फाइल तस्बिर

आइसिसी टी- २० विश्वकपकाे फाइनल प्रवेशका लागि बिहीबार (भाेलि) बिहान अफगानस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्।

यी दुई टाेलीबीचकाे पहिलाे सेमिफाइनल खेल नेपाली समयअनसार बिहान ६ : १५ बजेबाट सुरु हुनेछ। यी दुवै टाेली टी- २० विश्वकपमा पहिलाेपटक फाइनल पुग्ने तयारीमा छन्।

दक्षिण अफ्रिका सुपर-एटमा समूह- २काे विजेता बनेर सेमिफाइनलमा पुगेकाे हाे। उसले सुपर-एटमा इङ्ल्याण्ड, आयाेजक वेस्ट इन्डिज र सह-आयाेजक अमेरिकालाई पराजित गरेकाे थियाे।

दक्षिण अफ्रिका जारी विश्वकपकाे अपराजित टाेली पनि हाे।

त्यस्तै अफगानस्तान सुपर-एटमा सूमह- १काे उपविजेता हुँदै सेमिफाइनलमा पुगेकाे हाे। अफगानस्तानले सुपर-एटमा अस्ट्रेलिया र बङ्गलादेशविरुद्ध विजयी भएकाे थियाे। भने, भारतसँग पराजित भएकाे थियाे।

अफगानस्तानले पहिलाेपटक विश्वकपकाे एतिहासिक सेमिफाइनल खेल खेल्दैछ।

त्यस्तै विश्वकपकाे दाेस्राे सेमिफाइनल खेलमा बिहीबार (भाेलि) साँझ नै भारत र इङ्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। याे खेल साँझ ८: १५ बाट सुरु हुनेछ।

प्रकाशित मिति: : 2024-06-26 20:49:00

प्रतिकृया दिनुहोस्