लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ।
बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए। प्रहरी र स्थानीयबासीकाे सहयाेगमा बुधबार दिउँसाे ४ जनाकै शव निकालिएकाे हाे।
पहिराेमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ तथा नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव निकालिएकाे प्रहरीले जनाएकाे छ।