विकिलिक्सका संस्थापक जूलियन असान्ज जेलमुक्त

Break n Links
GETTY IMAGES

विकिलिक्सका संस्थापक जूलियन असान्ज पाँच वर्षपछि बन्दी–जीवनबाट मुक्त भएका छन्।

उनलाई बेलायतको बेलमार्स उच्च सुरक्षा घेरा भएको जेलबाट रिहा गरिएको श्रीमती स्टेला असान्जले बताएकी छन्। असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो।

अमेरिकाले वर्षौँदेखि विकिलिक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचनाहरू उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रहरूले मानिसहरूको ज्यान खतरामा पारेको दाबी गर्दै आएको थियो।

श्रीमान जुलियनको रिहाइका लागि समर्थक तथा शुभेच्छुकहरूले गरेको अनवरत पहलका लागि उनले सामाजिक सञ्जालबाट धन्यवाद दिएकी छन्।

‘जुलियन रिहा भएका छन्। विश्वव्यापी रुपमा उनको रिहाइका लागि समर्थकहरूबाट भएको पहलका लागि हार्दिक आभार व्यक्त गर्न मसँग कुनै त्यस्तो शब्द छैन। वर्षौंदेखिको सबैको पहल सत्य साबित भएको छ। धन्यवाद,’ उनले लेखेकी छन्।

बेलायती उच्च अदालतको आदेशपछि उनी जमानतमा रिहा भएका हुन्।

असान्जले सन् २००६ मा विकिलिक्स स्थापना गरेका थिए। अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको वेबसाइटको दाबी छ।

सन् २०१० मा विकिलिक्सले इराकमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको एउटा भिडिओ सार्वजनिक गर्‍यो जसमा बग्दादमा १८ सर्वसाधारण नागिरक मारिएको देखिएको थियो।

विकिलिक्सले धेरै मुलुकका त्यस्ता गोप्य कागजात बाहिर ल्याएपछि एकाएक धेरैको टाउको दुखाएको थियो। उनीमाथि स्विडेनमा यौन शोषणको आरोप लगाइएको थियो। तर,पछि उक्त मुद्दा फिर्ता लिइयो।

त्यस्तै, असान्जले स्वीडेनमा बलात्कार र यौन दुर्व्यवहारका छुट्टाछुट्टै अभियोगहरूको पनि सामना गरेका थिए।

प्रकाशित मिति: : 2024-06-25 10:03:00

प्रतिकृया दिनुहोस्