गंगा बस्नेतका तीन मुक्तक

गंगा बस्नेत

बैंकक, थाइल्यान्ड
Break n Links
Break n Links

एकः

दुर्बिनले हेरेर पछिको भविष्य देख्न सक्ने भए
बितेको भूतलाई वर्तमानले फ्याँक्न सक्ने भए
यो संसारमा दुःखी र गरीबी हुन्थेनन् होला 
ढाइ अक्षर कोरेर आफ्नो भाग्य लेख्न सक्ने भए।

०००

दुईः

प्रेममा सबैको शिर झुकेको देखेँ
खै! किन हो मनमा डर लुकेको देखेँ
भन्छन् प्रेम संसारको अमूल्य चिज हो रे!
तर पनि किन? यहँ सबैको मन दुःखेको देखेँ।

०००

तीनः

आफ्नाले आफ्नैलाई झेलेका छन् यहाँ
मान्छेको भावनासँग खेलेका छन् यहाँ 
भरोसा कसलाई गर्ने कसलाई नगर्ने थाहा छैन
मिठा मिठा बातले सबैलाई पेलेका छन् यहाँ।

प्रकाशित मिति: : 2024-06-22 17:06:00

प्रतिकृया दिनुहोस्