बढ्यो सुन-चाँदीको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार सुन ६ सयले बढेर प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2024-06-20 11:16:00

प्रतिकृया दिनुहोस्