कर्णालीलाई बजेटमा विभेद गरेकाे ज्ञानेन्द्र शाहीकाे आराेप, फिर्ता गरे बजेट पुस्तिका

Break n Links
Break n Links

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएकाे भन्दै बजेट पुस्तिका फिर्ता गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएकाले जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै सभामुखमार्फत अर्थमन्त्रीलाई बजेट पुस्तिका फिर्ता गरेका हुन्।

‘यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन, अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन्’, उनले भने, ‘म यो किताब मन्त्रीजीलाई सिधै दिन मिल्दैन। म सभामुखमार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्रीजीलाई दिन चाहन्छु। चाहिँदैन बजेट।’ 

प्रकाशित मिति: : 2024-06-18 14:24:00

प्रतिकृया दिनुहोस्