गृहमन्त्रीलाई कांग्रेस सांसदकाे प्रश्न- तीन वटा फाइल कसकाे हाे, कसलाई धम्क्याएकाे?

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फाइल खाेल्छु भन्दै नेताहरूलाई धम्क्याइरहेकाे बताएका छन्।

प्रतिनिधिसभा मंगलबारकाे बैठकमा बोल्दै सांसद थानीले गृहमन्त्रीले तीन वटा फाइल खाेल्दा देशका अधिकांश नेता जेल जाने भन्दै दिएकाे अभिव्यक्तिप्रति यस्ताे बताएका हुन्।

तीन वटा फाइलकाे बारेमा आफूलाई बताइदिन आग्रह गर्दै उनले भने, ‘तपाईं भन्नुभयाे- तीन वटा फाइल खाेल्याे भने याे देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन्। तपाईंले भनेकाे हाेइन भने मैले यही माेबाइलमा रेकर्ड राखेकाे छु, फेक भन्छ भने त मलाई थाहा छैन तर यसाे हेर्दा अनुहार तपाईंकाे जस्ताे लाग्छ। तपाईंले के भन्नुभयाे भने- मुटु सिंहकाे जस्ताे हुनुपर्छ, फिस्टाकाे हाेइन। शब्दमा गडबड छैन। म तपाईंलाई भन्न चाहन्छु तीन वटा फाइल के हाे? मलाई भन्नुपर्छ। म पनि पार्लामेन्टकाे एउटा सदस्य हुँ। तपाईंले मलाई बताइदिनुपर्छ।’

सांसद थानीले गृहमन्त्री लामिछानेले भनेकाे तीन वटा फाइल कुन-कुन फाइल हाे र फाइल खाेल्न किन ढिला गरेकाे भन्दै प्रश्न गरे।

‘आज म भन्छु तीन वटा फाइल कुन कुन फाइल हाे? ल भन्नुस्। तपाईं सक्नुहुन्छ? तपाईंकाे शक्तिले भ्याउँछ कि भ्याउँदैन? त्यसैले म तपाईंलाई भन्छु किन ढिला गर्नुभएकाे छ फाइल खाेल्न?’, उनले भने, ‘गृहमन्त्री तपाईं हाे। अरूलाई फिस्टाेकाे मुटु भन्नुहुन्थ्याे, तपाईं त सिंहकाे मुटु भएकाे मान्छे हाे। के कारणले तपाईं सुतिरहनुभएकाे छ अहिले? भन्नुस् कि म सिंह हाे, अहिले सुतिरहेकाे छु, उठेपछि जे पनि गर्छु भन्नुस्। जे पनि गर्ने त तपाईंहरूकाे क्रियाकलापले देखिहालियाे।’

सांसद थानीले तीन वटा फाइल कसकाे हाे बताइदिन चुनाैतीसमेत दिए। ‘म भन्छु तपाईं कसलाई धम्क्याइरहनुभएकाे छ? मलाई लाग्छ, तपाईं सत्तामा बसेर सल्लाह गर्नुभएकाे छ। तपाईंले धम्क्याएकाे काँग्रेसलाई हाेला भन्ने मेराे अनुमान छ। म अलिअलि बुझ्न सक्छु। ल काँग्रेसले भन्याे अब- तागत छ तीन वटा फाइल कसकाे हाे? कुन कुन नेताकाे? हिम्मत छ?’, उनले प्रश्न गरे। 

प्रकाशित मिति: : 2024-06-18 13:47:00

प्रतिकृया दिनुहोस्