बालेनको चेतावनी- नगरसभामा कांग्रेस-एमालेको धङधङी बोकेर नआउनु होला

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडाध्यक्षहरुलाई नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्।

आइतबार नगरसभाको बैठक स्थगित भएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरुलाई यस्ताे चेतावनी दिएका हुन्।

महानगरकाे नगरसभा बैठक आजका लागि तय भएको थियाे। कांग्रेस र एमालेका ३ वटा वडाका वडाध्यक्षहरुले नगरसभा बहिस्कार गरेपछि मेयर शाहले असार १० गतेसम्मका लागि बैठक स्थगित गरेका थिए।

उनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएकाे बताएका छन्।

बालेनले काठमाडाैँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने भन्दै जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताए। यही कारण आफूहरूले नगरसभा लाइभ गर्ने गरेकाे उनले उल्लेख गरेका छन्।

‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडाैँ महानगर पालिकाले गर्दैन’, उनले भनेका छन्, ‘काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला।’

प्रकाशित मिति: : 2024-06-16 12:39:00

प्रतिकृया दिनुहोस्