कुवेतको एउटा आवासगृहमा आगलागी हुँदा ३ जना नेपाली घाइते भएका छन् भने २ जनाको उद्धार गरिएको छ।
घाइते ३ जनाको उपचार भइरहेको छ। घाइतेको परिचय नखुलेको कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले जानकारी दिएको बिबिसीले लेखेको छ।
अहिले नेपाली राजदूतवासको टली घटनास्थलमा पुगेर जानकारी लिने काम गरिरहेको छ।
आगलागी भएको आवासगृहमा नेपाली ५ जना मात्र बस्दै आएको लम्सालले बताएका छन्।
कुवेतकाे दक्षिणी सहर मङ्गाफस्थित आप्रवासी कामदारहरूलाई राखिएको भवनमा बुधबार आगलागी हुँदा ४० बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् भने सोही हाराहारीमा घाइते भएका खबर सार्वनजिक भएका छन्।
आगलागीमा पर्नेमा सबैभन्दा धेरै भारतीय नागरिक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेको खबरमा जनाइएको छ।