बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टी फुटाउने प्रयास भएको दाबी गरेका छन्।
बुधबार पार्टीनिकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन्।
उनले भने, ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन। हल्ला चलेको हो। मैले संसदीय दलको बैठक बोलाएको हो। दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो। फाटफुट, आयाराम-गयाराम भैरहन्छ। गयारामभन्दा आयाराम बढी छन्।'
अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरुलाई आग्रहसमेत गरेका छन्।
‘यो धर्तीमा एस सिधियोस् ठान्ने पनि होलान्। प्रयास पनि गर्दा होलान्। त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौँ। तपाईंहरू नेपालको खुफिया हो। सूचना पाए बताइदिनुहोला', उनले भने।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया