बिएल संवाददाता
स्यामुकापु ट्रेडिङ प्राइभेट लिमिटेडले ‘इ–वान’ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ।
सोमबार जमलस्थित ज्योति भवनमा सहरी आवतजावतलाई लक्षित गर्दै नविनतम प्रविधियुक्त ‘इ–वान ए’ सिरिन्जको इलेक्ट्रिक स्कुटर नेपालमा सुरुवात गरिएको हो।
एडभान्स टेक्नोलोजी, उच्च पफोर्मेन्स र वातावरणमैत्री प्रविधियुक्त ई–स्कुटर नेपालली ग्राहकहरूको पहिलो रोजाइ हुने कम्पनीको विश्वास छ। हाल यो स्कुटर भारत, श्रीलंका, यूएइ, मलेसिया र घानामा उपयुक्त छ।
यो स्कुटरमा दुई वटा ब्याटी अप्सन उपलब्ध छन्। एउटा ४० ए.एच ब्याटी र अर्को एडभेन्चर एस ब्याट्री। जसले एक पूरा चार्जमा सयदेखि दुई सय किलोमिटर दूरीको रेन्ज दिन्छ। त्यसैले यो दैनिक प्रयोग र लामो दूरीको यात्रा दुबैको लागि उपयुक्त छ।
त्यसैगरी ‘इ–वान ए’ सिरिन्ज स्टालिस्सँगै आरामदायी पनि छ। यसको हाइ ग्रेड आल्वौ रिम्स र कम्पाक्ट भरपर्दो फ्रेम छ। यो स्कुटरको लम्बाइ १८७० एमएम, चौडाई ६६० एमएम र लाइट ११०० एमएम रहेको छ भने दअगाडि र पछाडिका चक्काहरू ट्युबलेस छन्। यो ई–स्कुटर गाडा हरियो, गाढा निलो, खरानी, फिक्का हरियो सेतो, सुन्तला सेतो र स्पोर्टी खरानी रङका छन्।
त्यसका साथै ‘इ–वान ए’ सिरिन्जको तीन वटा छुट्टाछुट्टै राइडिङ मोडहरू छन्–इको मोड, ड्राइभिङ मोड र स्पोट्स मोड। यी राइडिङ मोडलहरूले गर्दा ग्राहकको चाहना र बाटोको अवस्थाअनुसार आरामदायी राइड गर्न सकिन्छ। साथै स्कुटरले १५० किलो क्षमतासम्मको लोड पनि बाेक्न सक्छ, जसले गर्दा यो सामान ढुवानीको लागि पनि उपयोगी छ।
स्कुटरमा व्हिल लक प्रविधिको साथ एन्टी थेफ्ट सिस्टम छ, जसले चोरी हुनबाट जोगाउँछ। एक वर्ष र १० हजार किलोमिटर वारेन्टी रहेको स्कुटरको मूल्य ३ लाख २० हजार ५०० रहेको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया