मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, कसले कुन मन्त्रालय पाए?

Break n Links
Break n Links

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आजै मुख्यमन्त्री नियुक्त भएका सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष शपथ लिएका हुन्।

साथै मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। जसमा १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका छन्। उनीहरूले पनि प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्।

कार्य विभाजनअनुसार एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृतिमन्त्री, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री  र प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।

नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेलीले ऊर्जा तथा सिंचाइमन्त्री जिम्मेवारी पाएका छन्।

यसैगरी नेपाल समाजवादी पार्टीबाट विमला अंशारी तरुनम गृह सञ्चार तथा कानुनमन्त्री र नागरिक उनमुक्ति पार्टीबाट उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन्।

यस्तै एमालेबाट केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त भएकी छन् भने रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री बनेकी छन्। 

प्रकाशित मिति: : 2024-06-07 13:53:00

प्रतिकृया दिनुहोस्