सशस्त्रको असईमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

Break n Links
Break n Links

सशस्त्र प्रहरी बल नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्री छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पीडितसँग असई पदमा नाम निकालिदिन्छु भनी विश्वास दिलाई ई-सेवा आईडी र विभिन्न बैंक खातामा कूल ४ लाख ९१ हजार रकम ठगी गरी क्षेत्री फरार थिए।

काठमाडौं जिल्ला अदालतबाट असार ८ गते पक्राउ पुर्जी जारी भएकोमा प्रहरीले उनलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका-७, रामकोटबाट पक्राउ गरेको हो।

पक्राउ परेका क्षेत्रीलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आचार्यले बताए।

प्रकाशित मिति: : 2025-06-24 19:33:00

प्रतिकृया दिनुहोस्