बिएल संवाददाता
विगत एक दशकमा अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५९ हजार सात सय ५१ पुगेको छ। अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो आधिकारिक तथ्यांक हो यो। यो तथ्यांकले एकातिर नेपालीको अमेरिकी हुने मोह बढेको देखाउँछ भने अर्कोतिर नेपाल बस्न लायक देश हुदैछैन भन्ने पीडादायी तस्बीर पनि देखाउँछ। तथ्यांकहरूलाई विश्लेषण गर्ने हो भने वितेको एक दशकमा अमेरिकी नागरिकता लिने नेपालीको संख्या तेब्बर बढेको छ।
सन् २०१४ सम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या २५ हजारको हाराहारीमा थियो।
सन् २०१४ मा दुइ हजार आठसय ८८ नेपालीले अमेरिकी नागरिकता लिएकोमा यो संख्या २०१५ मा एक्कासी बढेर चारहजार दईसय २५ पुग्यो। त्यसयता केही तलमाथि भए पनि हरेक वर्ष चारहजारभन्दा बढी नेपालीले अमेरिकी नागरिकता लिइरहेको पाइन्छ।
अमेरिकी सरकारको आधिकारिक अभिलेखमा सन् १९९० सम्ममा दुई हजार ६ सय १६ नेपालीले अमेरिकी नागरिकता लिएको पाइन्छ। तर, अमेरिकी नागरिक हुने पहिलो नेपाली को होलान् ? र, उनले कुन वर्ष अमेरिकी नागरिकता लिए ? त्यसका बारेमा भने अमेरिकी अभिलेख पनि मौन छ।
जे होस् पछिल्लो समय नेपाली नागरिकता छोडेर अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढ्दो छ। यसमा नागरिकता लिने जति नै नेपाल बस्न लायक देश नबनाउनेहरू पनि जिम्मेवार छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया