
बिएल संवाददाता
गर्मी बढ्न साथ स्वास्थ्यमा धेरै प्रकारका समस्याहरु देखा पर्न थाल्छन्। जस्ताे कि पेट दुख्ने, फुड पोइजनिङ, हिट स्ट्रोक, कमजोरी, हिट स्ट्रोक, निन्द्र लाग्ने, डिहाइड्रेशन झाडापखाला, बान्ता हुने।
अत्यधिक गर्मीका कारण भोक पनि कम महसुस हुन्छ र आलस्य पनि बढी हुन्छ। यस्तो अवस्थामा आफूलाई फिट र सक्रिय राख्न गर्मी मौसममा केही कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ। तपाईं आफैँलाई स्वस्थ राख्न सक्षम राख्नु पर्ने हुन्छ। यसका लागि यी उपाय अपनाउन सकिन्छ:
व्यायाम गर्न नछोड्नुहोस्
गर्मीको सुरुमा मानिसहरु व्यायामप्रति लापरबाही गर्छन र गर्न छोड्छन। वास्तवमा गर्मीमा व्यायाम गर्दा शरीरमा पानीको कमी हुन्छ र कमजोरी सुरु हुन्छ। त्यसैले व्यायाम गर्दा बिच-बिचमा पानी पिउन पनि चिकित्सकहरु सुझाव दिन्छन।
व्यायामले तन्दुरुस्त राख्छ। गर्मीमौसममा व्यायाम गर्दा पनि शरीरबाट पसिना आउने भएकाले यो मौसम तौल घटाउनका लागि सबैभन्दा लाभदायक मानिन्छ।
खानपानमा लापरबाही नगर्नुहोस्
गर्मी मौसममा मानिसहरुलाई भोक कम लाग्छ। कोही मानिस खानपिनमा लापरबाही गर्छन र उनीहरूलाई कमजोरीका साथै धेरै समस्याहरू महसुस हुन थाल्छन त्यसैले दैनिक खाना खानु जरुरी छ।
तर, हल्का खाना खानुपर्छ। नियमित रुपमा खाना खाँदा शरीरमा गर्मीसँग लड्ने क्षमता हुन्छ। हाल्का खानाको रूपमा, तपाईंले धेरै भन्दा धेरै तरकारी र फलहरू खानुपर्छ। यसमा काँक्रा, काँक्रो, लौका, तरबुजा, क्यान्टालुप, आँप आदि खाना सकिन्छ।
पानी र फलफूल प्रशस्ता रुपमा खाने
गर्मीयाममा आफूलाई हाइड्रेटेड राख्नु अतिआवश्यक छ। किनभने, शरीरमा बढी पसिना आउने र पानीको कमी हुने गर्छ। यस्तो अवस्थामा दिनको समयमा बढी भन्दा बढी पानी पिउनु जरुरी हुन्छ। यदि तपाईं धेरै पानी पिउन सक्नुहुन्न भने फलफूलको रस, कागतीपानी, सिरप, शिकान्जी र पानी भएको फलफूल खानुहोस्।
यस्ता स्वस्थकर वस्तुहरुको सेवन गर्ना ले शरीरमा ऊर्जा हुन्छ।
चिया र कफीको सेवन नगर्नुहोस्
चिया वा कफी पिउने बानी छ भने दिनको एकपटक मात्र बिहान सेवन गर्नुहोस्। वास्तवमा यसमा क्याफिनको मात्रा धेरै हुन्छ जसले शरीरलाई तताउँछ र धेरै समस्या निम्त्याउन सक्छ।
त्यसैले ब्रेकफास्टमा पनि चिया वा कफीको साटो जुस वा दूध पिउनु स्वास्थ्यलाई राम्रो हो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया