बिएल संवाददाता
भारतीय जनता पार्टी (भाजपा) ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ।
लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे।
त्यसलगत्तै पवन सिंहले बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उपेन्द्र कुशवाहा यहाँ एनडीएबाट उम्मेदवार छन्।
बिहार बीजेपीले पवन सिंहलाई पार्टीबाट हटाएको पत्र दिएको छ। पत्रमा लोकसभा चुनावमा एनडीएको अधिकृत उम्मेदवारविरुद्ध लडेको र यो अनुशासनविपरीत भएको भन्दै पार्टीबाट निष्काशित गरेको जानकारी दिएको छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया