
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति तथा सरकारका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षपको बचाउमा उत्रिएको छ।
संविधानमा व्यवस्था गरिएको प्रेस स्वतन्त्रतामाथि धावा बोल्दै गृहमन्त्री लामिछानेले मंगलबार कान्तिपुर मिडिया ग्रुपभित्र प्रहरी परिचालन गरेकोमा उनको चौतर्फी विरोध भइरहेको छ। लामिछानेको व्यापक विरोध भएपछि रास्वपा सभापतिको बचाउमा उत्रिएको छ।
बुधबार पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा निर्दिष्ट प्रेस स्वतन्त्रताप्रति पार्टी कटिबद्ध रहेको भन्दै भद्धा प्रतिवद्धता प्रकट गरेका छन्।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ।’
प्रेस विज्ञप्तिमार्फत प्रवक्ता ढकालले प्रतिवद्धता जनाउँदै गर्दा मिडिया हाउसभित्र प्रहरी परिचालनका विषयमा भने मुख खोलेका छैनन्।
मंगलबार गृह प्रशासनले कान्तिपुर पब्लिकेसनभित्र कार्यकक्षबाट कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको थियो।
सिरोहियामाथि नागरिकता किर्ते गरेको आरोप छ। तर उनले आफूलाई गिरफ्तार गर्नुमा गृहमन्त्री लामिछानेले व्यक्तिगत रिसिबी साँधेको आरोप लगाएका छन्।
कान्तिपुरले सहकारी ठगी प्रकरणमा रवि लामिछाने जोडिएको विषय शृङ्खलावद्ध लेखेको र जसको रिसिबी आफूमाथि लामिछानेले साँधेको सिरोहियाको आरोप छ।
सिरोहिया पक्राउलाई लिएर सञ्चार उद्यमी, पत्रकार महासंघदेखि विभिन्न राजनीतिक दल, अधिकारकर्मीले विरोध जनाएका छन्।
रास्वपाको विज्ञप्ति:
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया