बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति तथा सरकारका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षपको बचाउमा उत्रिएको छ।
संविधानमा व्यवस्था गरिएको प्रेस स्वतन्त्रतामाथि धावा बोल्दै गृहमन्त्री लामिछानेले मंगलबार कान्तिपुर मिडिया ग्रुपभित्र प्रहरी परिचालन गरेकोमा उनको चौतर्फी विरोध भइरहेको छ। लामिछानेको व्यापक विरोध भएपछि रास्वपा सभापतिको बचाउमा उत्रिएको छ।
बुधबार पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा निर्दिष्ट प्रेस स्वतन्त्रताप्रति पार्टी कटिबद्ध रहेको भन्दै भद्धा प्रतिवद्धता प्रकट गरेका छन्।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ।’
प्रेस विज्ञप्तिमार्फत प्रवक्ता ढकालले प्रतिवद्धता जनाउँदै गर्दा मिडिया हाउसभित्र प्रहरी परिचालनका विषयमा भने मुख खोलेका छैनन्।
मंगलबार गृह प्रशासनले कान्तिपुर पब्लिकेसनभित्र कार्यकक्षबाट कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको थियो।
सिरोहियामाथि नागरिकता किर्ते गरेको आरोप छ। तर उनले आफूलाई गिरफ्तार गर्नुमा गृहमन्त्री लामिछानेले व्यक्तिगत रिसिबी साँधेको आरोप लगाएका छन्।
कान्तिपुरले सहकारी ठगी प्रकरणमा रवि लामिछाने जोडिएको विषय शृङ्खलावद्ध लेखेको र जसको रिसिबी आफूमाथि लामिछानेले साँधेको सिरोहियाको आरोप छ।
सिरोहिया पक्राउलाई लिएर सञ्चार उद्यमी, पत्रकार महासंघदेखि विभिन्न राजनीतिक दल, अधिकारकर्मीले विरोध जनाएका छन्।
रास्वपाको विज्ञप्ति:

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया