बिएल संवाददाता
हेलिकप्टर दुर्घटनामा परेर राष्ट्रपति इब्राहिम रायसीको निधन भएपछि इरानमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ। जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ। तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो।
बैठकमा इरानका कार्यकारी शाखा प्रमुख मोहम्मद मोख्बर, संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र न्यायपालिका प्रमुख घोलाम-होसेन मोहसेनी-इजेई सहभागी थिए। पूर्वी अजरबैजान प्रान्तमा एक दुर्घटनामा राष्ट्रपति रायसीको दुखद मृत्यु पछि तीन दिग्गजहरू बिचको दोस्रो बैठक भएको थियो।
राष्ट्रपति इब्राहिम रायसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारी पनि मानिन्थ्यो, त्यसैले उनको मृत्युलाई लिएर धेरै प्रश्नहरू उठिरहेका छन्। इरान सरकारबाट भने यसबारे खासै केही भनिएको छैन।
इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन्।
खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए। मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ।
- एजेन्सी
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया