तेजन खड्का
कांग्रेसका निष्कासित सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले आफूहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्।
सिंगापुरबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त पत्र पठाउँदै देउवा दम्पतीले नेपाल फर्किएर आफूहरू विरुद्ध चलिरहेको सम्पत्ति सम्बन्धी अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भन्दै पक्राउ पूर्जी जारी नगर्न अनुरोध गरेका हुन्।
दम्पतीले दुई महिनाभित्र नेपाल फर्किन तयार रहेको भन्दै नेपाल आउन कठिन हुने अवस्था नबनाइदिन आग्रह गरेका छन्।
पत्रमा भनिएको छ, ‘हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदारहँदै हामीलाई ‘देश छाडी भागेको’, ‘अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना गरी हाम्राविरुद्ध पक्राउ पूर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाइ हुने अवस्था नबनाइयोस् भनी अनुरोध गरेका छौं।’
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिनुपरे विभागले विशेष अदालतमा पुग्नुपर्ने भएकोले देउवा दम्पतीले आफूहरूको सम्भावित मुद्धा हेर्ने अदालतमा समेत पत्रको बोधार्थ पठाएका हुन्।
यद्यपि दम्पतीले पठाएको पत्रमा मिति भने त्रुटीपूर्ण देखिएको छ। असार २८ गतेको मिति उल्लेख गरिएको पत्र नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा इमेलमार्फत पठाइएको पाइएको छ। विभाग स्रोतका अनुसार देउवा दम्पतीले नै त्रुटीबस एक महिनापछिको मिति उल्लेख गरेको तर, पत्र भने आधिकारिक नै रहेको बताएको छ।
यस्तो छ देउवा दम्पतीको पत्र–




पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया