भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

Photo by Ken KobayashI
Photo by Ken KobayashI

भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज (साेमबार) जारी रहेको छ।

आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो। यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।

पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कूल ६९५ उम्मेदवार मैदानमा छन्।

यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्, बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख रहेका छन्।

यसपछि अब छैटौं चरणको २५ मे मा र सातौं चरणको १ जुनमा मतदान हुने छ। मतगणना जुन ४ मा हुने आयोगले जनाएको छ।

बिहारसँग सीमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द

यसै क्रममा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सीमानाका तीन दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै बिहारसँग सीमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ।

जिल्ला प्रशासनले सूचना जारी गरी भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सीमानाका बन्द हुने जनाएको छ।

पश्चिम चम्पारण, बेतिया (बिहार)को पत्रबाट चुनावको लागि सीमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सीमानाका बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

प्रकाशित मिति: : 2024-05-20 09:59:00

प्रतिकृया दिनुहोस्