बिएल संवाददाता
इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफको समीकरण पूरा भएको छ।
शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाले रद्द भएको थियो।
आइपिएलको यस सिजनमा कोलकोता २० अंकसहित शीर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ। अब पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने छ। यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ।
त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ। अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्। इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुनेछ।
पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ। दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुनेछ।
त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया