बिएल संवाददाता
प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका एक नाबालकसहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ।
काठमाडौँ प्रहरी परिसरले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेकाे हाे।
पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने बसुन्धारा कार्की रहेका छन्।
यसैगरी ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका एक नाबालकसमेत पक्राउ परेका छन्।

उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरेर समातिएकाे प्रहरीले जनाएकाे छ।
खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए।



‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया