दाङकाे घोराही उपमहानगरपालिका- १० पहेलपारमा बञ्चराे प्रहार गरी दुई महिलाकाे हत्या भएकाे छ।
शनिबार अपराह्न अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही- १७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही- १० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घर्तीले घरभित्रै पसी हत्या गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेकाे छ।
घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन्।