कोशीकाे मुख्यमन्त्रीमा एमालेले दाबी पेस गर्दै, सर्वोच्च जाने तयारीमा केदार कार्की

File Photo
File Photo

कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने तयारी गरेका छन्।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो।

आजै दाबी पेस गरेर नियुक्तिदेखि शपथसम्मको तयारी एमाले र माओवादी केन्द्रले गरेका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन्।

मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धाराअनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन्।
 

प्रकाशित मिति: : 2024-05-09 10:53:00

प्रतिकृया दिनुहोस्