बिएल संवाददाता
अधिवेशनकाे तयारीमा रहेकाे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएकाे छ।
जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेकाे बेला पार्टी विभाजन भएकाे हाे।
वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ सांसदसहित नयाँ दल दर्ता गर्ने तयारी गरिएको छ। हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेको छन्।
७ सांसदकाे हस्ताक्षरसहित आजै निर्वाचन आयोगमा निवेदन बुझाइएकाे जसपाका एक नेताले बताए।
सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ विभाजनकाे पक्षमा रहेकाे बताइएकाे छ।
जेठ २७ गतेदेखि जनकपुरमा अधिवेशन गर्ने निर्णय गरेर पार्टी अध्यक्ष यादव अमेरिका उडेका थिए। उनी नेपाल नफर्किँदै पार्टी फुटेकाे हाे।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया