अधिवेशनकाे संघारमा फुट्याे जसपा, नयाँ दल दर्ता गर्ने तयारी

अधिवेशनकाे तयारीमा रहेकाे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएकाे छ।

जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेकाे बेला पार्टी विभाजन भएकाे हाे।

वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ सांसदसहित नयाँ दल दर्ता गर्ने तयारी गरिएको छ। हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेको छन्।

७ सांसदकाे हस्ताक्षरसहित आजै निर्वाचन आयोगमा निवेदन बुझाइएकाे जसपाका एक नेताले बताए।

सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ विभाजनकाे पक्षमा रहेकाे बताइएकाे छ।

जेठ २७ गतेदेखि जनकपुरमा अधिवेशन गर्ने निर्णय गरेर पार्टी अध्यक्ष यादव अमेरिका उडेका थिए। उनी नेपाल नफर्किँदै पार्टी फुटेकाे हाे।

प्रकाशित मिति: : 2024-05-05 16:59:00

प्रतिकृया दिनुहोस्