बिएल संवाददाता
युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित प्रवक्ता प्रस्तुत गरेको छ।
मन्त्रालयले ‘इतिहासमा पहिलो पटक’ आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग गर्ने बतायो। अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई परिचय ‘डिजिटल व्यक्ति’का रूपमा भिक्टोरिया सी भनेर चिनाइन्।
प्रवक्ताले आफ्नो हातले इसारा गर्छिन् र बोल्दा आफ्नो टाउको हल्लाउँछिन्। सीले दिने बयान एआईद्वारा उत्पन्न नभएर ‘वास्तविक मानिसहरूद्वारा लिखित र प्रमाणित’ गरिएको हुने विदेश मन्त्रालयको प्रेस सेवाले एएफपीलाई बताएको छ। ‘यो दृश्य भाग मात्र हो, यसलाई उत्पन्न गर्न एआईले हामीलाई मद्दत गर्दछ’, प्रेस सेवाले भनेको छ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले नयाँ प्रवक्तालाई ‘विश्वमा कुनै पनि कूटनीतिक सेवामा अहिलेसम्म नभएको प्राविधिक छलाङ’ भएको बताए। उनले प्रवक्तालाई बनाउनुको मुख्य कारण कूटनीतिज्ञहरूलाई ‘समय र स्रोतको बचत गर्नु थियो’ रहेका बताए।
सीको निर्माता द गेम चेन्जर्स नामक एक टोली रहेको छ। उक्त टोलीले युक्रेनको युद्धसँग सम्बन्धित भुर्चअल रियालिटी सामग्री पनि बनाएको छ।
सीको उपस्थिति र आवाज रोसाली नोम्ब्रे नामक वास्तविक व्यक्तिमा मोडेल गरिएको छ। नोम्ब्रे गायिका र युक्रेनको द ब्याचलर रियालिटी सोको संस्करणमा पूर्वप्रतिस्पर्धी हुन्। नोम्ब्रेको जन्म पूर्वी युक्रेनमा अहिले रुस नियन्त्रित सहर डोनेट्स्कमा भएको थियो।
उनको इन्स्टाग्राम एकाउन्टमा ५४ हजार फलोअर्स छन्। नोम्ब्रेले यसको प्रयोग मिश्रित नस्लका युक्रेनी र रुसी वक्ताहरूका बारेमा रूढिवादी धारणामा चर्चाका लागि गर्छ। नोम्ब्रेले निःशुल्क भाग लिएको मन्त्रालयले जनाएको छ।
सी र नोम्ब्रे दुई भिन्नभिन्न मानिस भएको र एआई फिगरले मात्र आधिकारिक बयान दिने बताइएको छ।
नक्कलीबाट बच्नका लागि यिनीहरूलाई मन्त्रालयको वेबसाइटमा पाठ संस्करणहरूमा लिङ्क गर्ने क्युआर कोड हुनेछ।
सीले हाल विवादास्पद विषय बनेको कन्सुलर सेवाहरूमा टिप्पणी गर्नेछिन्।
- एजेन्सी
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया