अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

इलाम पुगेर नवनिर्वाचित सांसद सुहाङकाे विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू उनको पछाडि रहेको बताएका हुन्।

ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको बताए।

ओलीले आफूले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट नभएकाे भन्दै आफूले तत्काल समस्या समाधान गर्ने बताए।

इलामका मतदाताले सही उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने दाबी गरे।

प्रकाशित मिति: : 2024-04-30 17:12:00

प्रतिकृया दिनुहोस्