वेस्ट इन्डिज ‘ए’विरुद्धकाे सिरिजमा नेपालले विजयी सुरुवात गरेकाे छ।
शनिबार भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे।
वेस्ट इन्डिज ‘ए’ले दिएकाे २०५ रनकाे लक्ष्य नेपालले २ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्याे
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सानदार ११२ रनको शतकीय पारी खेले। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे।
यसअघि टस हरेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए। त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए।
त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक-एक विकेट लिएका थिए।
यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडि भएको छ।
अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ। भने, तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुनेछ।